Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रधानमन्त्री देउवाले गरे धनगढी उपमहानगरको नवनिर्मित भवन उद्घाटन

कैलाली । प्रधानमन्त्री शेरबहादुर देउवाले धनगढी उपमहानगरपालिकाको नवनिर्मित भवन उद्घाटन गरेका छन् ।

प्रधानमन्त्री देउवाले शनिबार एक कार्यक्रमकाबीच धनगढी उपमहानगरको नवनिर्मित भवन उद्घाटन गरेका हुन् ।

भवन उद्घाटन कार्यक्रममा प्रधानमन्त्री देउवासहित, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट, प्रदेश सरकारका मन्त्री, उपमहानगरका जनप्रतिनिधि लगायतका व्यक्तिहरुको सहभागिता रहेको थियो । प्रधानमन्त्री देउवा सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा सरिक हुन शुक्रबार कञ्चनपुर आएका थिए ।

त्यस्तै, नेपाली काँग्रेस कञ्चनपुर जिल्ला कार्यसमितिले आयोजना गरेको स्थानीय पालिकाहरूमा निर्वाचित नौ ओटै स्थानीय तहका जनप्रतिनिधिलाई सम्मान र शुभकामना आदानप्रदान कार्यक्रममा पनि प्रधानमन्त्री देउवा सहभागी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077