Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मलामी बोकेको गाडी दुर्घटना : २६ जना घाइते, ५ को अवस्था गम्भीर

काठमाडौं । धादिङमा मलामी सवार गाडी दुर्घटना हुँदा २६ जना घाइते भएको छन् । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर छ ।

सदरमुकाम धादिङबेसीबाट मलामी लिएर धादिङकै मैदी जाँदै गरेको बा ४ ख १२२९ नम्बरको स्वराज गाडी गएराति सडकमा पल्टिएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

राति ११ बजे धादिङको नीलकण्ठ नगरपालिका ८ मैदी भज्याङमा सडकमै गाडी पल्टिएर दुर्घटना भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका ५ जनालाई स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचार गरी थप उपचारको लागि राति नै ट्रमा सेन्टर, काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

बाँकी घाइतेको जिल्ला अस्पताल धादिङमा उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077