Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सैनिक भर्तीको अग्निपथ योजनाले भारतमा हिंसात्मक प्रदर्शन, १२ जिल्लामा इन्टरनेट बन्द

एजेन्सी । अग्निपथ योजनालाई लिएर बिहारमा चर्को हंगामाको बीचमा राज्य सरकारले ठूलो निर्णय गरेको छ।

सरकारले धेरै जिल्लामा इन्टरनेट, फोन, मोबाइल सेवा बन्द गरेको छ ।

बिहारका १२ जिल्लाहरूमा इन्टरनेट र टेलिकम सेवाहरू आगामी ४८ घण्टाका लागि बन्द रहने छन् जसमा कैमुर, भोजपुर, औरंगाबाद, रोहतास, बक्सर, नवादा, पश्चिम चम्पारण, समस्तीपुर, लखीसराय, बेगुसराय, वैशाली र सारण समावेश छन्। बिहारको गृह विभागले यो आदेश जारी गरेको हो ।

यी जिल्लाहरुमा दुई दिन दिउँसो २ बजेसम्म इन्टरनेट सेवा बन्द रहनेछ । सरकारले बिहारका धेरै जिल्लामा इन्टरनेट र टेलिफोन, मोबाइल सेवा एकैसाथ बन्द गर्ने निर्णय गरेको यो पहिलो पटक हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077