Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

दिल्लीमा फेरि बढ्यो कोरोना संक्रमण, एकैदिन १७९७ संक्रमित थपिए

एजेन्सी । भारतको राजधानी दिल्लीमा फेरि कोरोना भाइरस संक्रमण ह्वात्तै बढेको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ७९७ जनामा संक्रमण पुष्टि भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

परीक्षण गरिएकामध्ये ८.१८५ व्यक्तिमा संक्रमण पुष्टि भएको छ । बिहीवार दिल्लीमा १ हजार ३२३ जनामा संक्रमण पुष्टि भएको थियो ।

दिल्लीमा सक्रिय संक्रमितको संख्या ४ हजार ८४३ रहेको छ । अस्पतालमा संक्रमितको संख्या बढ्दै गएको जनाइएको छ । कोरोनाबाट १ जनाको मृत्यु समेत भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077