Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राष्ट्रियसभामा पनि एमालेको अवरोध कायमै, अर्थमन्त्रीको राजीनामा माग

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आजको राष्ट्रियसभा बैठक पनि अवरोध गरेको छ । अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गर्दै एमालेले बैठकमा अवरोध गरेको हो ।

अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभाबाट पारित भएको ‘विनियोजन विधेयकमाथि २०७९ विचार गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची थियो ।

राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले अर्थमन्त्रीलाई समय दिनेबित्तिकै एमाले सांसदहरू उठेर विरोध जनाएका छन् ।

त्यसपछि अध्यक्ष तिमिल्सिनाले दिएको समयमा बोल्दै एमाले सांसद खिमलाल भट्टराईले अर्थमन्त्रीले करको दायरा निर्धारण गर्दा विचौलियाको प्रभावमा परेर करमा हेरफेर गरिएको भन्दै नैतिकताका आधार राजीनामा दिनुपर्ने बताए ।

त्यसबाहेक प्रतिनिधिसभामा सो विषयमा एमालेद्वारा छानबिनका लागि संसदीय समितिको माग गरिएको कुरालाई नजरअन्दाज गरिएको भन्दै राष्ट्रिय सभामा अर्थमन्त्रीलाई स्वीकार गर्न नसकिने बताएका थिए ।

त्यसपछि अध्यक्ष तिमिल्सिनाले बैठक १५ मिनेटका लागि स्थगित भएको घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077