Online Nepal
  • आइतबार, ७ पुष २०८१
  • ओलीको पालामा एसपीपीमा सम्झौता गरेको लिखत भए संसदमा पेश गर्न प्रचण्डलाई पोखरेलको चुनौती

    ओलीको पालामा एसपीपीमा सम्झौता गरेको लिखत भए संसदमा पेश गर्न प्रचण्डलाई पोखरेलको चुनौती

    अनलाइन नेपाल
  • बिहिबार, २ असार २०७९
  • 960
    SHARES

    काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) रोक्ने कार्य भएको दाबी गरेका छन् ।

    बिहीबार बिहान माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओली नेतृत्वको सरकारले एसपीपी कार्यान्वयन गर्ने सम्झौता गरेको दाबी गरेका थिए । संसदबाट प्रचण्डलाई चुनौती दिँदै पोखरेलले भने, ‘हिम्मत छ भने ओलीको पालामा यो भएको छ भनेर प्रस्तुत गर्नुस्, होइन भने उहाँले क्षमा माग्नुपर्छ ।’



    हिम्मत भए गठबन्धनको सरकारले विगतमा के कस्ता कार्य एसपीपीका विषयमा भएका ती सबै सार्वजनिक गर्न आग्रह गरेका छन् । अन्यथा एमालेलाई अनावश्यक आरोप लगाउने कार्य नर्गन उनको चुनौती छ ।



    उनी थप्छन्, ‘केपी ओलीले नेतृत्व गर्दा म उपप्रधान एवं रक्षा मन्त्री थिएँ । यदि त्यसबेलाका कुनै लिखतहरु, माइनटहरु छन् भने संसदमा प्रस्तुत गरियोस । म पूर्ण रुपमा जिम्मेवारी लिन्छु ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार