Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

स्थानीय तह चुनावमा एमालेले महासंग्रामको सामना गर्नुपर्‍यो : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह चुनावमा एमालेले चुनाव मात्र नलडेर एउटा महासंग्राम नै लड्नु परेको बताएका छन् ।

एमालेबाट निर्वाचित जनप्रतिनिधिका लागि काठमाडौंमा भएको प्रशिक्षण कार्यक्रममा ओलीले महासंग्राम जितेर आएको भन्दै जनप्रतिनिधिलाई बधाई दिए ।

उनले चुनावका नाममा गरिएका अस्वस्थ र अलोकतान्त्रिक गतिविधिसँग पनि लडेर आएका कारण एमालेका जनप्रतिनिधिले महासंग्राम लडेको बताए । ओलीले एमाले बाहेक अरुसँग विकासको कुनै योजना नरहेको आरोप लगाएका छन् ।

देशको विकास गर्ने र समृद्धि बनाउन पार्टी एमाले रहेको भन्दै उनले त्यो जिम्मेवारी पूरा गर्न जनप्रतिनिधिहरुलाई निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077