Online Nepal
  • सोमबार, ३ मंसिर २०८१
  • एसपीपी कार्यान्वयन भए नेपाल अमेरिकी सेनाको अखडा बन्ने एमाले नेता रावलको दाबी

    एसपीपी कार्यान्वयन भए नेपाल अमेरिकी सेनाको अखडा बन्ने एमाले नेता रावलको दाबी

    अनलाइन नेपाल
  • बिहिबार, २ असार २०७९
  • 1K
    SHARES

    काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले राज्य साझेदारी कार्यक्रम स्टेट पाटर्नससिप प्रोग्राम (एसपीपी) कार्यान्वयन भए नेपाल अमेरिकी सेनाको अखडा बन्ने दाबी गरेका छन् ।

    नेता रावलले एसपीपी सम्झौताले नेपालको अस्मिता र अस्तित्वमा नै खतरा पैदा हुने भन्दै राष्ट्रवादी नेपाली जनता सचेत हुन जरुरी रहेको बताए । उनले प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सहमतिबिना अघि नबढ्ने भनेको सुनेको भन्दै दुई चारजना मानिस जम्मा भएर राष्ट्रिय सहमति भयो भनेर राष्ट्रघाती काम गर्ने छुट समेत कसैलाई नभएको बताए ।



    प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली जनतालाई नेपालले अवलम्बन गर्दै आएको स्वाधीन, स्वतन्त्र परराष्ट्र नीति अवलम्बन गर्छु भनेर सार्वजनिक रुपमा भनेपछि मात्रै पत्याइने बताए ।



    एसपीपीबारे अहिले कुप्रचार गरेर देशभक्त नेपालीहरुको आवाज दबाउन खोजिएको पनि रावलको भनाइ छ । उनले आफु रक्षामन्त्री भएका बेला एसपीपीबारे कुनै सहमति सम्झौताको प्रक्रिया अघि नबढेको दावी समेत गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार