Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पुँजी बजारको समस्या अध्ययन गर्न ४ सदस्यीय कार्यदल गठन

काठमाडौं । अर्थ मन्त्रालयले पुँजी बजार तथा वित्तीय क्षेत्रमा देखिएको समस्या समाधानका उपायबारे अध्ययन गर्न कार्यदल गठन गरेको छ । धितोपत्र बोर्डले संयोजन गर्ने गरी ४ सदस्यीय कार्यदल गठन गरेको अर्थ मन्त्रालयले जनाएको छ ।

कार्यदलको संयोजन धितोपत्र बोर्डका कार्यकारी निर्देशकले गर्नेछन् भने अर्थमन्त्रालयबाट एक जना उपसचिव कार्यदलमा सदस्य तोकिनेछन् ।

यस्तै राष्ट्र बैंक अर्का एक जना सदस्य पनि समितिमा रहनेछन् । कार्यदलको सदस्यसचिव बोर्डकै एकजना सदस्य रहनेछन् ।

पुँजी बजार वित्तीय क्षेत्रमा देखिएको वर्तमान समस्या समाधानका लागि अध्ययन गरेर सुझाव पेश गर्नेगरी कार्यदल गठन गरिएको र यसले पूर्णता भने नपाएको नेपाल धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक रुपेश केसीले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077