Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

एमालेको निष्कर्ष : सत्ताको चरम दुरुपयोग, परिणाममा कमी, जनमत तलमाथि भएन

काठमाडौं । नेकपा एमालेले स्थानीय निर्वाचनमा सत्ताको चरम दुरुपयोग भएको निष्कर्ष निकालेको छ ।

आज बसेको सचिवालय बैठकले स्थानीय सत्ता गठबन्धनले स्थानीय निर्वाचनमा शक्तिको चरम दुरुपयोग गरेको निष्कर्ष निकालेको पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

निर्वाचमा हारजित स्वाभाविक भएपनि यसपटक देशका धेरै ठाउँमा स्वस्थ र निष्पक्ष निर्वाचन हुन नसकेको एमालेको दाबी छ ।

बैठकपछि पत्रकारसँग कुरा गर्दै उपमहासचिव ज्ञवालीले भने, '२०७४ सालपछि एमालेको जनमत बढेको छ। यसपल्ट पनि त्यसमा तलमाथि भएन तर परिणाममा केही कमी आएको हो। पपुलर जनमतमा पालिका प्रमुख, उपप्रमुख वा वडाध्यक्षले पाएको मतको पनि तुलना गर्‍यौं। हरेक हिसाबले ३४ प्रतिशत पपुलर मतसहित एमाले प्रमुख शक्तिका रुपमा स्थापित छ।'

यस्तै उमेदवार चयनलाई लिएर पार्टीभित्रैबाट 'अन्तर्घात' भएको एमालेको निष्कर्ष छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077