Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

संसदमा अधिकारीले भने - ४ लाख मेट्रिक टन मल आजै, अहिल्यै चाहियो

काठमाडौँ । प्रमुख प्रतिपक्षी दलका सांसद खगराज अधिकारीले किसानले धान बालीमा राख्नका लागि ४ लाख मेट्रिक टन मल तत्काल चाहिने बताएका छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा मलबारे स्थगन प्रस्तावमाथि छलफल गर्ने क्रममा सांसद अधिकारीले मल ल्याउनेबारे सरकारले के गरिरहेको छ भन्ने प्रश्न गरेका हुन् ।

उनले भने 'सबैभन्दा ठूलो चुनौती ४ लाख मेट्रिक टन मल अहिले चाहिएको छ । हाम्रो माननीय कृषिमन्त्रीले भारतसँग केही मेट्रिक टन डेढ लाख मेट्रिक टनजस्तो ल्याउन जीटूजीमार्फत ल्याउन खोज्नुभयो भन्ने सुनियो तर भारतले भन्यो ६५ हजार मेट्रिक टनभन्दा बढी दिन सक्दैनौं भन्यो,' उनले भने, त्यो पनि कहिले ल्याउने हो थाहा छैन ।'

किसानले तत्काल मल खोजिरहेकाले सरकारले त्यसको व्यवस्था गर्नुपर्ने भन्दै उनले थपे असोजमा हो कि बाटैतिर छ कि ! हाम्रो मुख्य चासो कहिले, कति मल आउँछ रु हामीलाई चाहिने चार लाख मेट्रिक टन धान बालीको लागि म कहिले ल्याउनुहुन्छ ?  यो अत्यावश्यक छ । त्यो मल आजै चाहियो, अहिल्यै चाहियो ।'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077