Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आईजीपी मुद्धा : कायममुकायम प्रधानन्यायाधीश कार्की र न्यायाधीश चुडालको इजलासमा

काठमाडौं । सर्वोच्च अदालतमा नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) बढुवाविरूद्धको मुद्दामा सुनुवाइका लागि कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा पेसी तोकिएको छ ।

आइजिपी नियुक्तिविरुद्धको रिटमा अन्तिम सुनुवाइका लागि आज पेशी तोकिएको हो । सरकारले धिरज प्रताप सिंहलाई वैशाख १८ गते आईजीपीमा बढुवा गर्ने निर्णय गरेपछि एआईजी विश्वराज पोखरेलले सर्वोच्चमा रिट दायर गरेका थिए ।

यसअघि जेठ १७ गते नै अन्तिम सुनुवाइको मिति तोकिएको भए पनि त्यसदिन सुनुवाइ हुन सकेन । अवकाश भइसकेका तीन डीआईजीको मुद्दाका कारण सुनुवाइ प्रभावित भएपछि सार्न नमिल्ने गरी आजलाई पेशी तोकिएको थियो।

पोखरेलले बढुवाका लागि आफू योग्य भएको तर सरकारले आफूभन्दा १६ महिना जुनियरलाई प्रहरी ऐन र नियमावलीको व्यवस्था विपरीत बढुवा गरेको जिकिर गर्दै न्याय माग्न सर्वोच्च अदालत पुगेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077