Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अमेरिकामा महँगी ४० वर्षयताकै उच्च

एजेन्सी । अमेरिकाको मुद्रास्फीति दर ४० वर्षपछिकै उच्च विन्दुमा पुगेको छ। खाद्यान्न र ऊर्जाको मूल्यमा भएको उछालले अमेरिकामा मुद्रास्फीति दर सन् १९८१ यताकै उच्च विन्दुमा पुगेको हो ।

मे महिनामा अमेरिकाको वार्षिक मुद्रास्फीति दर ८.६ प्रतिशत पुगेको छ। जीवनयापनको बढ्दो लागतका कारण अमेरिकी घरेलु क्षेत्र संकुचित भएकाले नीति निर्माताकर्ताहरुलाई मुद्रास्फीति दर नियन्त्रणमा ल्याउन दबाब बढिरहेको छ।

अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले गत मार्च महिनादेखि ब्याजदर वृद्धि गरिरहेको छ। ब्याजदरमा गरिएको वृद्धिले आर्थिक क्रियाकलापले तीव्रता पाउने विश्वास गरिएको थियो। तर, रुस–युक्रेन युद्धका कारण तेल र गहुँजस्ता खाद्यान्नको मूल्यमा भएको वृद्धिले समस्या समाधानमा अवरोध सिर्जना भयो।

मे महिनामा अमेरिकामा खाद्यान्नको मूल्य गत वर्षको तुलनामा १० प्रतिशत र तेलको मूल्य ३४ प्रतिशतले बढेको छ। यस्तै हवाई टिकटको मूल्यदेखि लत्ताकपडा र स्वास्थ्य सेवासम्मको मूल्य बढेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077