Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

ढिस्कोले पुरिएर दाजुभाइको मृत्यु

रोल्पा । निर्माण गरिरहेको सडकबाट ढिस्को खस्दा रोल्पाको दाउन्नेभीरमा पुरिएर दुई बालकको मृत्यु भएको छ ।

आइतबार बिहान भएको उक्त घटनामा एकै परिवारका दाजुभाइको मृत्यु भएको हो ।प्रहरीका अनुसार परिवर्तन गाउँपालिका–५ दाउन्नेभीरमा नयाँ सडक खन्न स्काभेटर मेसिन प्रयोग गरिएकोमा ढिस्को खस्दा खेलिरहेका दाजुभाइ च्यापिएका थिए ।

स्काभेटरले थर्काएको जनिमबाट खसेको ढिस्कोले दुवैलाई पुरेको थियो । घटनामा उक्त गाउँ निवासी प्रकाश खड्काका दुई छोराहरु ७ वर्षका डेबिड खड्का र २ वर्षीय इशान खड्काको मृत्यु भएको हो ।

मुख्य सडकबाट भित्री गाउँ लैजाने सडक खन्दा ढिस्कोले बालकलाई पुरेपछि स्थानीयले प्रहरीसँग सहयोग मागेका थिए । घटना हुँदा आमा घरमै थिइन् । बालकका बुबा प्रकाश भने वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा छन् ।

ढिस्को खस्दा स्काभेटर रोकेर चालक खाना खान पुगेका थिए । घटनापछि प्रहरीलाई उद्धारमा खटाइएको र ढिस्को खनेर बालकको शव निकालिएको रोल्पाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले बताए ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077