Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

१७ ग्राम ब्राउन सुगर सहित पाँच जना पक्राउ

नेपालगञ्ज । नेपाल भारत सीमा क्षेत्र जमुनाहाबाट लागूऔषध ब्राउन सुगरसहित पाँच जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा दाङको लमही नगरपालिका वडा नं. ५ का सोनु श्रेष्ठ, विशाल कुँवर र दिवस डाँगी छन् । यस्तै २ जना १७ वर्ष उमेरका छन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार भारतबाट आउँदै गर्दा जाँच गर्ने क्रममा गुडियामा लुकाएर ल्याउँदै गरिएको लागूऔषध ब्राउन सुगरसहित उनीहरुलाई पक्राउ गरिएको हो ।

उनीहरुको साथबाट १७ ग्राम ब्राउन सुगर फेला परेको बाँके प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077