Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

स्थलगत अनुगमनमा जाँदा वडा अध्यक्षहरुसँग समन्वय नगरेको अध्यक्ष चिनकाजी महर्जनको गुनासो

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह स्थलगत अनुगमनमा जाँदा सम्बन्धित वडाका वडा अध्यक्षहरुले आफूहरुसँग समन्वय नगरेको गुनासो गरेका छन् ।

काठमाडौं महानगरपालिकाको आज बसेको कार्यपालिका बैठकमा सहभागीहरुले मेयर आफ्नो वडामा अनुगमन गर्न आउँदा आफूहरुलाई थाहै नदिइएको गुनासो गरेका हुन् ।

काठमाडौं महानगरपालिका वडा नम्बर २२ का अध्यक्ष चिनकाजी महर्जनले शनिबारको दिन मेयर साह सुन्धारा क्षेत्रको अवलोकनमा आएको बेला आफूलाई थाहै नदिइएको गुनासो गरे ।

वडा अध्यक्षहरुको गुनासोपछि मेयर साहले अबदेखि जानकारी गराउने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077