Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

नेपालमा बाह्य शक्तिहरुले जबर्जस्ती हात घुसाउन खोजेको एमाले अध्यक्ष ओलीको आरोप

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय हितका सबालमा सबै नेपालीलाई एक हुन आह्वान गरेका छन् ।

राष्ट्रिय जनसंगीत कलाकार संघ नेपालले आयोजना गरेको कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै उनले नेपालमा बाह्य शक्तिहरुले जबर्जस्ती हात घुसाउन खोजेको आरोप लगाउँदै यस्तो आह्वान गरेका हुन् ।

उनले २१औं शताब्दी बुद्धि र तथ्यको हुनुपर्ने भन्दै पछिल्लो समय शक्ति राष्ट्रतहरु बल र तर्क गरेर धाक, धम्की दिने गरेको बताए ।

'हाम्रो देशमात्र होइन, कुनै पनि देश सजिलोसँग अगाडि बढेको छैन। हामी पनि सजिलो गरी अगाडि बढ्न सक्दैनौं। हामीसामु व्यवधान र चुनौतीहरु छन्, आउनसक्छन्,'उनले भने,'हाम्रो देशमा शक्तिहरुले जबर्जस्ती हात घुसार्न खोजिरहेका छन्, खोज्नसक्छन्। राष्ट्रिय हितका लागि हामी सबै एक हुन जरुरी छ।'

उनले आफूले धेरै देशको भ्रमण गरेको, त्यहाँका विकासको यात्रा र म्युजिमहरु घुमेको भन्दै आफ्नो देशलाई माया गर्न आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077