Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

बन्चरेडाँडामा निर्वाध रुपमा फोहोर व्यवस्थापन, १५३ ट्रक फोहोर खसालियो

काठमाडौं । बन्चरेडाँडा ल्यान्डफिल साइटमा निर्वाध रूपमा फोहोरको विसर्जन भएको छ । सहमतिअनुसार स्थानीयले अवरोध नगरेपछि आजमात्र १५३ ट्रक फोहोर खसालिएको छ ।

आज सौहाद्र वातावरणमा फोहोर व्यवस्थापन भएको साइटका इन्चार्ज इन्जिनियर सरकारदीप श्रेष्ठले जानकारी दिए ।

'स्थानीयबाट कुनै पनि खालको अवरोध वा रोकावट भएन,'उनले भने,'भोलिदेखि तालिका बनाएर र पूर्ववत् काम गर्ने वातावरण बनेको छ ।'

काठमाडौं महानगर, सहरी विकास मन्त्रालयसहित सरोकावालासँग विभिन्न चरणमा भएका वार्तापछि स्थानीय फोहोर विसर्जन गर्न दिन राजी भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077