Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जिसस काठमाडौंको प्रमुख र उपप्रमुखमा सबै निर्विरोध

काठमाडौं । जिल्ला समन्वय समिति काठमाडौंको प्रमुख र उपप्रमुख सहित ५ सदस्यमा कांग्रेसका उम्मेदवार निर्विरोध भएका छन् ।

सदस्यमा नै नेकपा माओवादी केन्द्रबाट एक जना र एकीकृत समाजवादीका एक जना उम्मेदवार निर्विरोध भएका छन् ।

प्रमुखमा नेपाली कांग्रेसका सन्तोष बुढाथोकी, उपप्रमुखमा पनि नेपाली कांग्रेसकै शान्ति पाण्डे निर्विरोध भएकी हुन् । खुल्ला ३ सदस्य, २ महिला सदस्यमा पनि नेपाली कांग्रेसको मात्रै उम्मेद्वारी परेको हो ।

एकीकृत समाजवादीबाट एक महिला सदस्य र नेकपा माओवादी केन्द्रका एक दलित सदस्यको मात्रै उम्मेदवारी परेको काठमाडौं जिल्ला निर्वाचन कार्यालयका सहायक निर्वाचन अधिकृत प्रेमप्रसाद पौडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077