Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

चुनावी समीक्षा र आगामी निर्वाचनको तयारी बारेमा छलफल गर्न एमालेले बोलायो सचिवालय बैठक

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ ।

स्थानीय निर्वाचनको समिक्षा र आगामी निर्वाचनको तयारीका बारेमा छलफल गर्न जेठ ३० गते सचिवालय बैठक बोलाइएको हो ।

सचिवालय बैठकमा स्थानीय निर्वाचनपछि विभिन्न व्यक्ति र कमिटीबाट आएका रिर्पोटहरुलाई आधार मानेर सचिवालयको बैठकमा छलफल हुने छ।

बैठकको तयारीका लागि जेठ २९ गते पार्टी केन्द्रीय कार्यलयको बैठक बस्नेछ। महासचिवको संयोजकत्वमा हुने उक्त बैठकले सचिवालयमा पेश गरिने एजेण्डा तय गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077