Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

पार्टीभित्र मन्त्री फेर्नुपर्ने दबाव छ : वर्षमान पुन

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले पार्टीभित्र मन्त्री फेर्नुपर्ने आवाज उठिरहेको बताएका छन् ।

संघीय संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरुसँग कुरा गर्दै नेता पुनले पार्टीभित्र मन्त्री फेर्नुपर्ने आवाज उठिरहेको तर यस विषयमा औपचारिक छलफल भने सुरु नभएको बताए ।

‘समाजवादीका साथीहरुले पुरै सेट फेरिसकेपछि हाम्रोमा पनि दबाव छ । कांग्रेसमा पनि दबाव छ । जसपामा दबाब छ । यो दबावलाई नेताहरुले कति थेग्नुहुन्छ थाहा छैन । हाम्रो अझै छलफल सुरु भएको छैन । अहिले फेर्नुपर्छ कि भन्नेखालका आवाजहरु उठिरहेको छ’ उनले भने ।

हालै नेकपा एकीकृत समाजवादीले सरकारमा रहेकाहरुलाई फिर्ता बोलाएर अरु नेतालाई सरकारमा पठाउन प्रधानमन्त्रीसमक्ष नाम बुझाइसकेको छ । यद्यपि सत्तारुढ गठबन्धनभित्र तत्काल मन्त्री नफेर्ने समझदारी अनुसार एकीकृत समाजवादीबाट मन्त्री भएकाहरु फिर्ता भएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077