Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रञ्जु दर्शना र मानुषी यमी भट्टराईले प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवारी दिने

काठमाडौं । रञ्जु दर्शना र जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराईकी छोरी मानुषी यमी भट्टराई आगामी प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवारी दिने भएका छन्।

रञ्जु दर्शनाले काठमाडौं क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिने घोषणा गरेका हुन् भने मानुषीले भने काठमाडौं क्षेत्र नम्बर ५ वडा या ७ मध्ये एउटा क्षेत्रबाट प्रतिनिधिसभा निर्वचनमा उम्मेदवार बन्ने उनको तयारी छ ।

रञ्जुले विवेकशील नेपाली दल र विवेकशील साझा पार्टीमा काम गरिसकेकी उनले आगामी निर्वाचनमा भने स्वतन्त्र उम्मेदवारी दिन लागेकी हुन् ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगर प्रमुखका लागि भएको प्रतिस्पर्धामा उनले तेश्रो स्थान पाएकी थिइन् । उनले २३ हजार ४ सय ३९ मत पाएकी थिइन् ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077