काठमाडौं । एमाले सांसद गोकुलप्रसाद बाँस्कोटाले अर्थमन्त्रीको प्रस्ताव सञ्चारमन्त्रीले नटेरेको बताएका छन् ।
बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले अर्थमन्त्रीले कुनै मन्त्रालयमा गाडी खरिद नगर्ने भनेपनि सञ्चार मन्त्रालयले योजनाको पहिलो बुँदामा नै स्कुटर र मोटरसाइकल खरिद गर्ने लेखेको बताएका हुन् ।
‘सञ्चार मन्त्रालयले आफ्नो विनियोजन शीर्षकको पहिलो बुँदामा ४ वटा मोटरसाइकल, ७ वटा स्कुटर किन्ने भनेर उल्लेख गरेको छ । यस्तो देखियो कि सञ्चार मन्त्री झुट हो कि अर्थमन्त्री झुट हो । यति बताइसकेपछि खर्च कतौटीको प्रस्ताव किन गरेको भनेर भनिरहनु नपर्ला । मेरो विचारमा अर्थ मन्त्रालयको प्रस्तावलाई सञ्चार मन्त्रालयले कोल्याप्स हान्दियो ।’उनले भने ।
सञ्चार मन्त्रालयको पेज पिच्छे नै मोटरसाइकल खरिदसम्बन्धी बेथिति पढ्न पाइने उनले बताए ।