Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौं । सरकारले हाल परीक्षणका रुपमा लागू गरेको हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय खारेज गरेको छ ।

जेठ २३ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै मंगलवार गृहमन्त्री बालकृष्ण खाँणले गत जेठ १ गतेबाट लागू हुनेगरी परीक्षणका रुपमा सुरुवात गरिएको हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय खारेज भएको बताए।

गृहमन्त्री खाँणले शिक्षा र स्वास्थ्यमा व्यवहारिक नदेखिएकोले यो निर्णयलाई खारेज गरिएको बताए ।

त्यस्तै, सरकारले थाइल्याण्डमा आयोजना हुने गभर्नेन्स एण्ड एन्टीकरप्सन द मेथड एण्ड टुल्स बिहाइण्ड अन इफेक्टिभ करप्सन एर्डिकेशन स्ट्राटेजी विषयक तालिम कार्यक्रमको अनुगमन र समापन कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त द्वय किशोर कुमार सिलवाल र जयबहादुर चन्दलाई सहभागी हुन स्वीकृति दिने भएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077