Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

निजगढ विमानस्थल बनाउन हुँदैन भन्नेहरू भू-माफियासँग मिलेका छन् : भीम रावल

काठमाडौँ । नेकपा एमालेका सांसद भीम रावलले बाराको निजगढ विमानस्थल निर्माणमा बाधा पुर्‍याउने तथा बनाउन हुँदैन भन्नेहरू भू(माफियासँग मिलेको आरोप लगाएका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा रावलले निजगढ विमानस्थल निर्माण गर्न हुँदैन भन्नेहरूले सरकारले अधिग्रहण गरेको जग्गा अतिक्रमण गरिरहेको पनि उनले बताए ।

सरकारले ठूलो रकम लगानी गरेको र राष्ट्रिय हितमा रहेको विमानस्थल निर्माणमा अदालतसमेत लागेकोमा रावलले असन्तुष्टि व्यक्त गरे ।

उनले भने 'निजगढ‍ विमानस्थलको कुरा गर्ने हो भने १ सय १० बिघा अधिग्रहण गर्नुपर्नेमा ७६ बिघा अधिग्रहण भइसकेको छ । प्राधिकरणले ३ अर्ब रुपैयाँ खर्च गरिसकेको छ । द्रुत मार्गमा २ खर्बभन्दा बढी खर्च भइसकेको छ,' उनले भने, 'रुखको हवाला दिन्छन् । त्यहाँ अहिले जसले विमानस्थल बनाउनु हुँदैन भनेका छन् तिनीहरू भूमाफियासँग मिलेर त्यो जमिन, प्रत्येक वर्ष जग्गा अतिक्रमण भइरहेको छ ।'

उनले थपे 'त्यहाँ नेपाल सरकारले अधिग्रहण गरेको जग्गा अतिक्रमण भइरहेको छ । त्यो छिट्टै विमानस्थल नबनाउने हो भने सम्पूर्ण जग्गा कब्जा हुनेछ । नेपाल सरकारको यत्रो ठूलो लगानी यत्तिकै हराएर जान्छ,' ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077