Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • ६ महिने मन्त्रीहरु लोकतन्त्रको लागि घातक

    भीम रावल भन्छन् – उल्टो बाटो हिँड्दा झन् पराजय हुन सक्छ, चुनावबारे गम्भीर समीक्षा हुनुपर्छ

    भीम रावल भन्छन् – उल्टो बाटो हिँड्दा झन् पराजय हुन सक्छ, चुनावबारे गम्भीर समीक्षा हुनुपर्छ

    अनलाइन नेपाल
  • सोमबार, २३ जेष्ठ २०७९
  • 1.6K
    SHARES

    काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले देश, जनता र पार्टीलाई एकताबद्ध र बलियो बनाएर लोकतन्त्रको रक्षा गर्नु आजको आवश्यकता भएको बताएका छन् ।

    सोमबार बिहान ट्वीट गर्दै उनले राष्ट्रिय स्वाधीनता, स्वाभिमान एवं संविधान, सिद्धान्त र लोकतन्त्रको रक्षा गर्नु आजको आवश्यकता भएको बताएका हुन् । साथै उनले स्थानीय चुनावबारे गम्भीर समीक्षा हुनुपर्ने समेत आवाज उठाएका छन् ।



    ‘कमजोरीको संस्थागतरूपमा गम्भीर समीक्षा गरी बाटो तय गर्नुपर्छ,’ उनले भने,‘यसो नगरी उल्टो बाटो हिँड्दा झन् पराजय हुन सक्छ।’



    उनले आगामी प्रदेश सभा र संघीय चुनाव एमालेले जित्नुपर्ने पनि बताएका छन्। ‘देश,जनता र पार्टीलाई एकताबद्ध र बलियो बनाई राष्ट्रिय स्वाधीनता,स्वाभिमान एवं संविधान, सिद्धान्त र लोकतन्त्रको रक्षा गर्नु आजको आवश्यकता हो,’ उनले भने, ‘यसका लागि आगामी चुनाव जित्नु पर्छ।’

    वैशाख ३० मा भएको स्थानीय चुनावमा एमालेले ७५३ मध्ये २०५ स्थानीय तहमा मात्रै जितेको थियो । यस्तै उनले एकीकृत समाजवादीको मन्त्री हेरफेर गर्ने निर्णयको विरोध गरेका गरेका छन् । नेता रावलले ६ महिने मन्त्रीहरु देश र जनताका लागि घातक भएको बताएका हुन् ।

    अमुक व्यक्तिहरूलाई पालैपालो ६ महिने मन्त्री बनाउन र विपरीत सिद्धान्तका दलसँग पद र सत्ताको लागि गठबन्धन गरी स्वार्थसाधन गर्न नेपालका कतिपय दल र नेता निरवस्त्र मैदानमा देखिनु देश, जनता र लोकतन्त्रको लागि अत्यन्त घातक भएको टिप्पणी गरेका हुन् ।

    उनले लेखेका छन्-‘अमुक व्यक्तिहरूलाई पालैपालो ६ महिने मन्त्री बनाउन र विपरीत सिद्धान्तका दलसंग पद र सत्ताको लागि गठबन्धन गरी स्वार्थसाधन गर्न नेपालका कतिपय दल र नेता निरवस्त्र मैदानमा देखिनु देश, जनता र लोकतन्त्रको लागि अत्यन्त घातक हो। देश र जनताको निस्वार्थ सेवाको राजनीति व्यवहारमा देखिनु पर्छ ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार