Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एकीकृत समाजवादीले पनि नवनिर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिने

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले स्थानीय तह निर्वाचनका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई प्रशिक्षण दिने भएको छ ।

काठमाडौंमा आयोजित पार्टीको सचिवालय बैठकले असार ४ र ५ गते प्रशिक्षण कार्यक्रम राख्ने निर्णय गरेको हो।

पार्टीका उपमहासचिव गंगालाल तुलाधरले दुई दिने प्रशिक्षण कार्यक्रम काठमाडौंमा आयोजना हुनेछ । प्रशिक्षणमा स्थानीय तहका मेयर/उपमेयर, अध्यक्ष/उपाध्यक्ष र वडाध्यक्षहरुलाई बोलाइएको उपमहासचिव तुलाधारले जानकारी दिए ।

यसअघि माओवादी केन्द्रले पनि आफ्नो पार्टीको तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुलाई प्रशिक्षण दिइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077