Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

ओलीको आलोचना गरेका भूसाललाई स्पष्टीकरण सोध्ने एमाले अनुशासन आयोगको निर्णय

काठमाडौं । नेकपा एमालेले स्थायी कमिटी सदस्य घनश्याम भूसाललाई स्पष्टिकरण सोध्ने भएको छ ।

एमालेको अनुशासन आयोगको बुधबार बसेको बैठकले अध्यक्ष केपी शर्मा ओलीको आलोचना गर्दै अन्तर्वार्ता दिएको विषयमा भूसाललाई स्पष्टिकरण सोध्ने निर्णय गरेको हो ।

स्थानीय तह चुनावको परिणाम सार्वजनिक भएलगत्तै नेता भूसालले एक टेलिभिजनमा अध्यक्ष ओलीको आलोचना गरेका थिए ।

भूसालले अन्तर्वार्ता दिँदै अध्यक्ष ओलीले पार्टी सञ्चालन गर्दा अपनाएको शैली र लिएको नीतिको विषयमा आलोचना गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077