Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रधानमन्त्रीलाई भेट्न किन बालुवाटार पुगे लोसपा अध्यक्ष ठाकुर ?

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ।

शनिबार दिउँसो अध्यक्ष ठाकुर प्रधानमन्त्री देउवालाई भेट्न प्रधानमन्त्री निवास बालुवाटारमा पुगेका थिए।

लोसपाका केन्द्रीय कार्यकारिणी सदस्य केशव झाले प्रधानमन्त्री देउवाले पार्टी अध्यक्ष ठाकुरलाई मिटिङका लागि बोलाएको हुँदा बालुवाटार गएको जनाएका छन् ।

नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री र अध्यक्ष ठाकुरबीच आगामी संघ र प्रदेशको निर्वाचनमा हुने गठबन्धनबारे छलफल केन्द्रित भएको बताइएको छ । दुई नेताबीच संघ र प्रदेशको आगामी निर्वाचनमा कसरी जाने भन्ने बारेमा छलफल भएको झाले जनाएका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी भएपछि जनता समाजवादी पार्टी (जसपा)बाट टुक्रिएर लोसपा गठन गरेका ठाकुर अहिले फेरि जसपासँगै एकताका लागि प्रयासरत छन् ।

जसपा अहिले सरकारमा सहभागी छ । पार्टी एकताका लागि सरकार छाड्नुपर्ने मुख्य शर्त राखेको लोसपाका अध्यक्षले प्रधानमन्त्री देउवासँग भेटेपछि राजनीतिक बृत्तमा विभिन्न प्रश्नहरु उठाउन थालिएको छ ।

ठाकुरको पार्टी पनि कतै गठबन्धनसँगै मिल्न लागेको त होइन भन्ने आशंका पनि पैदा भएको छ । यद्यपी लोसपाले भने प्रधानमन्त्रीसँगको भेटमा आगामी चुनावका बारेमा छलफल भएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077