Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अब हेलिकप्टर उडानमा पनि दुई जना पाइलट अनिवार्य रहनु पर्ने निर्णय

काठमाडौं । हेलिकप्टरमा पनि अब दुई जना पाइलट रहनु पर्ने भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले अब साना हेलिकप्टर सबैमा दुई पाइलट राखेर मात्र उडाउन पाइने निर्णय गरेको हो ।

यो नियम १७ असार (१ जुलाई) देखि लागू हुने गरी निर्णय भएको बताईएको छ । पाइलट बेहोस हुने तथा अरू स्वास्थ्य समस्याका कारण हुन सक्ने दुर्घटनालाई ख्याल गरेर दुई जना पाइलटको व्यवस्था गरेको प्राधिकरणले जनाएको छ ।

नेपालमा यसअघि हवाईजहाज र एमआई१७ मोडलका ठूला हेलिकप्टरमा मात्र दुई पाइलट अनिवार्य गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077