Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

शीर्ष नेताहरुलाई भत्ता खाएर बस्न सांसद पौड्यालको आग्रह

काठमाडौं  । राष्ट्रिय सभा सदस्य डा. विमला राई पौड्यालले शीर्ष नेताहरुलाई वृद्धभत्ता खाएर बस्न आग्रह गरेकी छन् ।

मंगलबार राष्ट्रियसभामा भएको बजेट छलफलमा वृद्धभत्ता पाउने उमेर ६८ वर्ष बनाएकामा आपत्ति जनाउँदैउनले ६८ वर्षमा नै काम गर्न नसक्ने भन्ने हो भने प्रधानमन्त्रीसहित शीर्ष नेताहरु भत्ता खाएर बस्नुपर्ने धारणा राखेकी हुन् ।

‘अहिले जुन काम गर्न नसक्ने भनेर ६८ (वर्ष) राख्नुभएको छ, प्रधानमन्त्रीज्यू अस्तिनै पुगिसक्नुभएछ ६८ त । अरु शीर्षस्थ नेताहरु सबै ६८ वर्ष पुगिसक्नुभएको छ । उहाँहरु सबैले काम गर्न छोडेर भत्ता खाएर बस्नुस् भन्छु म । काम गर्न सक्नुहुन्न भने । ५ महिनाको सरकारले यसरी दायित्व थप्न मिल्छ ? यो उमेर घटाउने बेला हो ?’

मुलुक आर्थिक संकटमा फसिरहेको बेलामा सरकारको यो निर्णयले देशलाई नै आर्थिक भार बढाउने सांसद पौड्यालको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077