Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

त्रियुगा नगरपालिकामा २६ वर्षपछि तोडियो एमालेको किल्ला

उदयपुर । त्रियुगा नगरपालिकाको मेयरमा नेपाली काँग्रेसले विजयी भएको छ ।

काँग्रेसका बसन्त बस्नेत मेयरमा निर्वाचित भएका हुन् । बस्नेतले १३ हजार ९ सय ५९ मत ल्याउँदा निकटतम् प्रतिद्वन्द्वी एमालेका भागवत राउतले ११ हजार ८ सय ७३ मत मात्र ल्याए ।

यस्तै नेकपा एकीकृत समाजवादीका उमेदवार निवर्तमान मेयर बलदेव चौधरीले ९ हजार १ सय ४७ मत प्राप्त गरे ।

उपमेयरमा एमालेकी महेश्वरी राई विजयी भएकी छन् । उनले १३ हजार ७ सय ३ मत प्राप्त गरिन् । त्रियुगामा काँग्रेसले ९, एमालेले ४ र माओवादीले ३ वडाध्यक्ष जितेको छ ।

२०५३ सालमा नगरपालिका बनेको त्रियुगामा काँग्रेस पहिलोपटक निर्वाचित भएको हो । यसअघि त्रियुगामा नेकपा एमालेले जित्दै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077