काठमाडौँ । सरकारले मासिक १० करोड रुपैयाँभन्दा बढीको बिजुली खपत गर्ने उद्योगलाई महसुलमा छुट दिने निर्णय गरेको छ ।
आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले मासिक १० करोड रुपैयाँभन्दा बढीको बिजुली खपत गर्ने उद्योगलाई महसुलमा २ देखि १५ प्रतिशतसम्म महसुल छुट दिने व्यवस्था मिलाइने बताए ।
यस्तै सरकारले चालु आर्थिक वर्षका लागि हवाई पूर्वाधारतर्फको बजेट आधा घटाएको छ ।
चालु आवमा २० अर्ब रुपैयाँ विनियोजन भएकोमा आगामी आवमा हवाई पूर्वाधारमा १२ अर्ब २४ करोड रुपैयाँ विनियोजन भएको छ ।
यसमा आन्तरिक विमानस्थलहरुको स्तरोन्नतीदेखि धनगढी विमानस्थललाई क्षेत्रीय विमानस्थलको रुपमा स्तरोन्नती गर्नेसम्मका कार्यक्रम समेटिएका छन् ।