Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अमेरिकाले गलत सूचना फैलाएर चीनको बदनाम गर्न खोज्यो : वाङ वेनबिन

एजेन्सी । चिनियाँ विदेश मन्त्रालयले अमेरिकाले चीनबारे भ्रामक टिप्पणी दिएको भन्दै अमेरिकी अधिकारीको अभिव्यक्तिमा आपत्ति जनाएको छ ।

सुरक्षा दृष्टिकोणलाई लिएर अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकनको अभिव्यक्तिलाई लिएर चीनले खण्डन गरेको हो ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले अमेरिकी विदेशमन्त्री ब्लिंकनले चीनको आन्तरिक मामिलामा हस्तक्षेप र विदेश नीतिलाई बदनाम गर्न खोजेको टिप्पणी गरे ।

बिहीवार भएको एउटा कार्यक्रममा ब्लिंकनले सुरक्षा दृष्टिकोणलाई मध्यनजर गर्दै बेइजिङको बढ्दो प्रभाव सन्तुलित गर्नुपर्ने बताएका थिए । साथै उनले चीनले ताइवानमाथि तनाव बढाएको आरोप पनि लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077