Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको काम रोक्न सर्वोच्चको आदेशप्रति माधव नेपालको असन्तुष्टि

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा सांसद माधवकुमार नेपालले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको काम रोक्न सर्वोच्च आदलतको आदेशप्रति असन्तुष्टि प्रकट गरेका छन् ।

शुक्रबारको संसद् बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा उनले विमानस्थल निर्माण रोक्ने कुरा सुनेपछि आफूलाई दुःख लागेको बताए ।

“बडो दुःख लाग्यो मलाई । विकासका अभियान्ता सबै हुनुपर्ने हो । देश सबैको साझा हो । त्यसो नगरेर रोक्न खोजेको कुरा बडो दुःखको कुरा ठान्दछु,” उनले भने ।

नेपालले विमानस्थलको विकल्प के हो रु भन्दै प्रश्न पनि गरे । निजगढमा विमानस्थल बनाउनु धेरै हिसाबले उपयुक्त भएको निष्कर्षपछि नै काम अघि बढाइएको स्मरण गरे ।

उनले रोक्नुको कारणबारे पुनर्विचार गर्न आग्रह गर्दै सरकारको पनि ध्यानाकर्षण गराए । “निजगढमा विमानस्थल बनाउनु सबै आधारमा उपयुक्त छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077