Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आगलागी नियन्त्रणमा आएसँगै मुग्लिन-नारायणगढ सडक खुल्यो

काठमाडौँ । ग्यास बुलेटमा भएको आगलागी नियन्त्रणमा आएसँगै मुग्लिन-नारायणगढ सडक सञ्चालनमा आएको छ ।

आगो नियन्त्रणमा आएसँगै दुवैतर्फका गाडीहरू गुड्न थालेको प्रहरीले जनाएको छ ।

मुग्लिन-नारायणगढ सडकखण्डस्थित पन्ध्रकिलो भन्ने ठाउँमा भारतको उडिसाबाट धादिङ आउँदै गरेको ग्यास बुलेट बिजुलीको पोलमा ठोक्किएर आगलागी भएको थियो ।

यूपी १७ एटी ८६२७ नम्बर प्लेटको भारतीय ग्यास बुलेटमा आगलागी भएको थियो । आगो दिउँसो साढे १ बजे नियन्त्रणमा आएपछि सवारीसाधन चल्न सुरु गरेको प्रहरीले जनाएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077