Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

तेलले भरिएका २ ट्याङ्करमा आगलागी

बुटवल । रुपन्देहीको भलवारी स्थित नेपाल आयल निगमको डिपो अगाडि राखिएको ट्याङ्करमा आगलागी भएको छ।

प्रहरी नायब निरीक्षक डाँगीका अनुसार लु २ ख २६५६ र लु २ ख ५६८५ नम्बरको ट्याङ्करबाट तेल खनाउने क्रममा आगलागी भएको हो।

सिद्धार्थनगर नगरपालिका, तिलोत्तमा नगरपालिका र भलवारी आयाल निगमको दमकलले आगलागी नियन्त्रणमा लिएका छन्।

डिपोमा ट्याङ्करबाट तेल खनाउने तयारी गर्ने क्रममा अचानक आगलागी भएको प्रहरी नायब निरीक्षक लक्ष्मण डाँगीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077