Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रधानमन्त्री देउवाले भने - बलात्कार मुद्दाको हदम्याद बढाउन सरकार तत्पर छ

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बलात्कार मुद्दामा रहेको हदम्यादबारे पुनर्विचार गर्ने पक्षमा आफू रहेको बताएका छन् । उनले यसका लागि गृहकार्य भइरहेको र कानुन मन्त्रालयमार्फत कानुन आयोगले अध्ययन गरिरहेको बताएका हुन् ।

सरकारी निवास बालुवाटारमा बुधबार नेपाली कांग्रेसका महिला नेताहरूको ज्ञापन पत्र बुझेपछि प्रधानमन्त्री देउवाले बलात्कारसम्बन्धी मुद्दामा जाहेरीका लागि तोकिएको हदम्यादको व्यवस्थाकै कारण हिंसापीडित महिलाले न्याय नपाउने अवस्था नहुने बताएका हुन्।

‘यसबारे सरकार संवेदनशील छ। हदम्याद बढाउनुपर्छ। त्यसको प्रक्रिया अघि बढिसकेको छ,’ ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री देउवाले भनेको उदृत गर्दै सांसद् एवम् कांग्रेस केन्द्रीय सदस्य डिला संग्रौलाले भनिन्।

सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’को नेतृत्वमा महिलासम्बन्धी मुद्दाहरूमा सरकारलाई ध्यानाकर्षणपत्र बुझाउन पुगेको टोलीमा कांग्रेसका महिला नेताहरू सहभागी थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077