Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बलात्कारसम्बन्धी मुद्दाको हदम्याद बढाउन सरकार तत्पर रहेको शेरबहादुर देउवाको भनाई

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले बलात्कारसम्बन्धी मुद्दाको हदम्याद बढाउन सरकार तत्पर रहेको बताएका छन् ।

प्रधानमन्त्री देउवाले त्यसबारे सरकारले आवश्यक तयारी अघि बढाइसकेको बताए ।

सरकारी निवास बालुवाटारमा बुधबार नेपाली कांग्रेसका महिला नेताहरूको ज्ञापन पत्र बुझेपछि प्रधानमन्त्री देउवाले बलात्कारसम्बन्धी मुद्दामा जाहेरीका लागि तोकिएको हदम्यादको व्यवस्थाकै कारण हिंसापीडित महिलाले न्याय नपाउने अवस्था नहुने बताएका हुन् ।

‘यसबारे सरकार संवेदनशील छ । हदम्याद बढाउनुपर्छ । त्यसको प्रक्रिया अघि बढिसकेको छ,’ ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री देउवाले भनेको उदृत गर्दै सांसद् एवम् कांग्रेस केन्द्रीय सदस्य डिला संग्रौलाले भनिन् ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077