Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पूर्वडेपुटी गर्भनर शिवाकोटी राष्ट्र बैंकको सञ्चालकमा नियुक्त

काठमाडौं । पूर्वडेपुटी गर्भनर चिन्तामणी शिवाकोटी नेपाल राष्ट्र बैंकको सञ्चालकमा नियुक्त भएका छन् ।

सञ्चालकद्वय श्रीराम पौडेल र रामजी रेग्मीको कार्यकाल समाप्त भएपछि सरकारले मंगलबार राष्ट्र बैंकको सञ्चालकमा शिवाकोटी र डा. शंकरप्रसाद आचार्यलाई नियुक्त गरेको हो ।

शिवाकोटीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग गभर्नर बन्नका लागि चर्को लबिङ गरेका थिए ।

शिवाकोटी २०७७ फागुन १८ मा राष्ट्र बैंकको डेपुटी गभर्नरबाट सेवा निवृत्त भएका हुन् । उनी केपी शर्मा ओली नै पहिलोपटक प्रधानमन्त्री हुँदा डेपुटी गभर्नर नियुक्त भएका थिए ।

गभर्नर बन्न नपाएपनि पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालको कोटामा उनी केन्द्रीय बैंकको सञ्चालक बन्न सफल भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077