Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

कांग्रेस केन्द्रीय सदस्य वाग्लेसहित ८ जनालाई कारबाही

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं संविधान सभासदस्य धुरव वाग्लेसहित आठ जनालाई कारबाहीका लागि सिफारिस गरिएको छ। व्यास नगरपालिका–५ को वडा कार्यसमितिको बैठकले कारबाहीका लागि व्यास नगर समितिलाई सिफारिस गर्ने निर्णय गरेको हो।

पार्टीका केन्द्रीय सदस्य ध्रुव वाग्ले, महाधिवेशन प्रतिनिधि मोहनकुमार श्रेष्ठ, प्रदेश प्रतिनिधि सुलोचना गौतम, क्षेत्रीय प्रतिनिधि गङ्गाबहादुर राना, भीमकुमार श्रेष्ठ, व्यास–५ का वडा कार्यसमिति सदस्य पविन्द्र खनाल, दीपेन्द्र खनाल र विश्वराज खनाललाई कारबाहीका लागि सिफारिस गरिएको छ।

व्यास¬५ का वडा सभापति सुरबहादुर थापा, उपसभापति ईश्वरीराज वाग्ले, सचिव सुरेन्द्र खनाल, मुन्नी शाही र सहसचिव भरतप्रसाद खनाललगायतको टोलीले आज व्यास नगर सभापति सूर्यचन्द्र हड्खलेलाई कारबाहीका लागि सिफारिस पत्र हस्तान्तरण गरेका हुन्।

गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा उनीहरूले नेपाली कांग्रेस व्यासका प्रमुख, उपप्रमुख र व्यास–५ का आधिकारिक उम्मेदवारलाई पराजित गर्न सक्रिय भूमिका खेलेको बताइएको छ। पार्टीको साधारण सदस्यतासमेत नरहने गरी कारबाही गर्न उक्त सिफारिस पत्रमा उल्लेख गरिएको छ। रासस

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077