Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पोखरा महानगरको प्रमुखमा एकीकृत समाजवादीका धनराज आचार्य विजयी

काठमाडौं । पोखरा महानगरपालिकाको मेयर पदमा नेकपा एकीकृत समाजवादीका धनराज आचार्य विजयी भएका छन् ।

महानगरको मेयरमा एकीकृत समाजवादीका आचार्य ६ हजार ४५ मतान्तरसहित निर्वाचित भएका हुन् ।

आचार्यले ५८ हजार ८९३ मत सहित निर्वाचित हुँदा प्रमुख प्रतिद्वन्द्वी नेकपा एमालेका कृष्णबहादुर थापाले ५२ हजार ८४८ मतमात्रै पाए ।

उपमेयरमा भने एमालेकी मञ्जुदेवी गुरुङ ६० हजार ५४६ मतसहित निर्वाचित भइन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी कोपिला रानाभाटले ५६ हजार ६६३ मत ल्याइन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077