Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पोखरा- कांग्रेसले पनि गर्यो पुन:मतगणनाको माग

पोखरा । पोखरा महानगरपालिकामा कांग्रेसले पनि दुई वडामा पुनःमतगणनाको माग गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मंगलबार निवेदन बुझाएको छ ।

कांग्रेसले वडा १ र १७ मा पुनस्मतगणनाको माग गर्दै निवेदन बुझाएको हो । उक्त वडाको नतिजा आफ्नो प्रतिकूल हुने गरी सुनाइएको र केही मत गायब पारिएको जानकारी प्राप्त भएकोले पुनस्मतगणना गर्नुपर्ने कांग्रेस उम्मेदवारले बुझाएको निवेदनमा उल्लेख छ ।

दुई वडामा एमालेका उम्मेदवार विजयी भइसकेका छन् । यसअघि एमालेले वडा १८ र ३१ मा पुनस्मतगणनाको माग गर्दै निवेदन दिएपछि बाँकी वडाको मतगणना स्थगित छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077