Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

धनगढी उपमहानगरमा गोपाल हमालको जित निश्चित, साढे १२ हजार मत गन्न बाँकी

कैलाली । धनगढी उपमहानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार गोपाल हमाल जित नजिक पुगेका छन् ।

पछिल्लो मतपरिणामअनुसार मेयर पदका स्वतन्त्र उम्मेदवार हमालले १० हजार ९९७ मतको अग्रता लिएका छन् ।

धनगढीमा ५१ हजार ६५ मत गन्दा हमालले २२ हजार ५४१ मत पाएका छन् । सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका नृपबहादुर वडले ११ हजार ५४४ मतसहित हमाललाई पछ्याइरहेका छन्।

यस्तै नेकपा एमालेका उम्मेदवार रणबहादुर चन्दले ६ हजार ४२३ मत ल्याएर तेस्रो स्थानमा छन् । उपमहानगरपालिकामा ६३ हजार ७१५ मत खसेको थियो । अब १२ हजार ६५० मत गणना हुन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077