Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सशस्त्रका पौडेल र प्रहरीका लामा एआईजीमा बढुवा

काठमाडौं । सरकारले नेपाल प्रहरी बलका सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआईजी)नारायणदत्त पौडेललाई अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गरेको छ ।

शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई एआईजीमा बढुवा गरेको हो ।

मन्त्रिपरिषद् बैठकको सिफारिस अनुसार बढुवाको निर्णय गरेको मन्त्रीपरिषद् बैठकमा सहभागी एक मन्त्रीले बताए ।

वैशाख २१ मा गृह मन्त्रालयबका सचिव टेकनारायण पाण्डे नेतृत्वको बढुवा समितीले डिआईजी नारायणदत्त पौडेललाई एआईजीमा बढुवा गर्न गरेको सिफारिसलाई मन्त्रिपरिषद्ले सदर गरेको हो ।

त्यस्तै सरकारले नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डिआईजी) बसन्त लामालाई पनि एआईजीमा बढुवा गरेको छ । लामा भोलीदेखि अनिवार्य अवकाशमा जाँदैछन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077