Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • बागलुङका ८५ वडा मध्ये कांग्रेस ३७, माओवादी १७ र एमाले १६ मा विजयी

    बागलुङका ८५ वडा मध्ये कांग्रेस ३७, माओवादी १७ र एमाले १६ मा विजयी

    अनलाइन नेपाल
  • शुक्रबार, ६ जेष्ठ २०७९
  • 966
    SHARES

    बागलुङ । स्थानीय तह निर्वाचन २०७९ को अन्तिम मतपरिणाम सार्वजनिक हुँदा बागलुङमा नेपाली कांग्रेस छ वटा स्थानीय तहमा जीत हासिल गरेर पहिलो शक्ति बनेको छ ।

    जिल्लाको बागलुङ नगरपालिका, काठेखोला गाउँपालिका, गलकोट नगरपालिका, बडीगाड गाउँपालिका, तमानखोला गाउँपालिका र निसीखोला गाउँपालिका कांग्रेसले जितेको हो ।



    त्यस्तै राष्ट्रिय जनमोर्चाले दुई वटा स्थानीय तहको प्रमुख जितेको छ । जैमिनी नगरपालिका र बरेङ गाउँपालिका राजमोको पोल्टामा परेको हो । नेकपा (माओवादी केन्द्र)ले ताराखोला गाउँपालिका र नेकपा (एमाले)ले ढोरपाटन नगरपालिका जितेका छन् ।



    यसअघिको स्थानीय तहको निर्वाचनमा बागलुङका चार वटा स्थानीय तहको प्रमुख र दुई वटा स्थानीय तहमा उपप्रमुख जितेको नेकपा एमालेले यसपटक ढोरपाटन नगरपालिकाको प्रमुखमा मात्रै चित्त बुझाउनुप¥र्यो ।

    सत्तामा रहेका पाँच दल मिलेर निर्वाचनमा होमिँदा एमालेले बागलुङमा प्रतिस्पर्धामै रहेर पनि अधिकांश स्थानीय तहमा हार बेहो¥र्यो । जसको फाइदा सत्तामा रहेको ठूलो दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाले उठाएका छन् ।

    जिल्लामा रहेका १० स्थानीय तहमध्ये छ स्थानीय तहमा नेपाली कांग्रेसले प्रमुख पदमा जीत हासिल गरेको छ । यसअघि चार स्थानीय तहमा मात्रै कांग्रेसले प्रमुख पद पाएको थियो । बागलुङ नगरपालिकामा वसन्तकुमार श्रेष्ठ, काठेखोला गाउँपालिकामा राजु थापा, गलकोट नगरपालिकामा भरत शर्मा गैरे, बडीगाड गाउँपालिकामा गण्डकी थापा अधिकारी, तमानखोला गाउँपालिकामा जोकलाल बुढा र निसीखोला गाउँपालिकामा सूर्यबहादुर घर्ती कांग्रेसले पाएका प्रमुख हुन् ।

    यसअघि जैमिनी नगरपालिका, गलकोट नगरपालिका, निसीखोला र तमानखोला गाउँपालिकामा कांग्रेसले प्रमुख पदमा नेतृत्व गरेको थियो ।

    अघिल्लो पटकको स्थानीय तहमा प्रमुख र उपप्रमुखमध्ये आठ स्थानमा मात्रै जितेको कांग्रेसले यसपटक ११ स्थानमा जीत हासिल गरेको छ । ताराखोला गाउँपालिका, जैमिनी नगरपालिका, ढोरपाटन नगरपालिका, तमानखोला गाउँपालिका र बरेङ गाउँपालिकामा कांग्रेसले उपप्रमुखमा जितेको छ ।

    जैमिनी नगरपालिकामा पार्टी सचिव हरिहर शर्मा उपप्रमुख हुँदा ढोरपाटन नगरपालिकामा धनबहादुर कायतले उपप्रमुखमा जीत हासिल गरेका छन् ।

    तमानखोला गाउँपालिकामा कांग्रेसका हीराकुमारी छन्त्याल उपाध्यक्षमा निर्वाचित हुनुभयो भने बरेङ गाउँपालिकामा दिलीपकुमार पुन र ताराखोला गाउँपालिकामा भीमबहादुर रोकाले जीत हासिल गरे ।

    जैमिनी नगरपालिकाको प्रमुख जितेको राजमोले बरेङ गाउँपालिकामा अध्यक्ष र काठेला तथा बडीगाड गाउँपालिकामा उपाध्यक्ष जितेको छ । जैमिनीमा नरबहादुर पुन र बरेङमा कृष्णप्रसाद शर्मा अध्यक्षमा निर्वाचित भए । राजमोबाट काठेखोलामा तिलक पुन र बडीगाड गाउँपालिकामा भीमसेन वनले उपाध्यक्ष जिते । ताराखोला गाउँपालिकाको अध्यक्ष जितेको माओवादी केन्द्रले बागलुङ नगरपालिकाको उपप्रमुख, गलकोट नगरपालिकाको उपप्रमुख र निसीखोला गाउँपालिकाको उपाध्यक्ष जितेको छ ।

    ताराखोलामा धनबहादुर विक हिमालले अध्यक्ष जिते भने गलकोट नगरपालिकामा फमलाल न्यूरे र बागलुङ नगरपालिकामा राजु खड्काले उपप्रमुख जिते ।

    अघिल्लो निर्वाचनमा बागलुङमा प्रमुख र उपप्रमुखमध्ये कांग्रेसले आठ, नेकपा एमालेले छ, राजमोले तीन र माओवादी केन्द्रले दुई सिट र राप्रपाले एक सिट जितेका थिए । एमालेले जितको विरासत जोगाउन नसक्दा गठबन्धनका दलले आफ्ना सिट बढाएका हुन् ।

    बागलुङमा सबैभन्दा बढी वडामा नेपाली कांग्रेसले जीत हात पारेको भने कम वडा राष्ट्रिय जनमोर्चाले जितेको छ । कांग्रेसले ३७ वडा जित्दा जनमोर्चाले ११ वडा जितेको छ ।

    एमालेले १६ वडा, माओवादी केन्द्रले १७, एकीकृत समाजवादीले तीन वडा जितेको छ भने स्वतन्त्र उम्मेदवारले एक वडा जितेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार