Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

धनगढी बस पार्कमा एकजना मृत फेला

कैलाली । कैलालीको धनगढी बस पार्कमा एकजना मृत अवस्थामा फेला परेका छन् ।

धनगढी उपमहानगरपालिका ४ स्थित कर्णाली बसपार्कको कम्पाउण्डभित्र अन्दाजी ६० वर्षीय पुरुष मृत फेला परेका हुन् ।

भारत घर भएका उनको नाम, थर नखुलेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

बुधबार मृत अवस्थामा फेला परेका उनको हालसम्म सनाखत हुन सकेको छैन । थप अनुसन्धान भइरहेको कैलाली प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077