Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सुदूरपश्चिममा एकीकृत समाजवादीले खोल्यो खाता, घोडाघोडीमा रावत निर्वाचित

काठमाडौं । नेकपा एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेशमा पहिलो पालिका प्रमुख जितेको छ ।

सुदूरपश्चिम प्रदेश सभामा सबैभन्दा ठूलो दलको हैसियतमा रहेको समाजवादीले कांग्रेससँगको गठबन्धनमा कैलालीको घोडाघोडी नगरपालिकाको मेयर जितेको हो ।

नेकपा एमालेका उम्मेदवारलाई पराजित गर्दै गठबन्धनबाट एकीकृत समाजवादीका उम्मेदवार खडक बहादुर रावत मेयरमा निर्वाचित भए । उनले १३ हजार १२८ मत ल्याएर जित हासिल गरे । नेकपा एमालेका ममताप्रसाद चौधरीले ८ हजार २४१ मत प्राप्त गरे ।

चौधरी यसअघिको स्थानीय तहको निर्वाचनमा प्रमुखमा निर्वाचित भएका थिए। त्यहाँ राप्रपाका निरजकुमार मल्लले ४ हजार १४ मत प्राप्त गरे । उपप्रमुखमा नेपाली कांग्रेसकी गुलिया कुमारी चौधरी १२ हजार २७० मत ल्याएर निर्वाचित भइन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077