Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

धनगढी उपमहानगर : गोपाल हमाल ७ हजार ५१ मतले अगाडि

कैलाली । कैलालीको धनगढी उपमहानगरपालिकामा मेयर पदका स्वतन्त्र उम्मेदवार गोपाल हमालले अग्रता कायमै राखेका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार बिहीबारसम्म ३० हजार ६९८ मतगणना हुँदा हमालले १३ हजार ८२३ मत पाएका छन् ।

यस्तै गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार नृपबहादुर वडले ६ हजार ७७२ र नेकपा एमालेका रणबहादुर चन्दले ३ हजार २१७ मत पाएका छन् । हमाल र वडबीच ७ हजार ५१ मतको अन्तर छ ।

यस्तै उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारीले ६ हजार १८१ मतका साथ अगाडि छिन् ।

एमालेकी कन्दकला रानाले ५ हजार ४५५ र स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले ३ हजार ३५७ मत पाएका छन् । यस्तै राप्रपाका उम्मेदवारले २ हजार १९४ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077