Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

धनगढीको एक पसलमा आगलागी हुँदा पाँच लाख बराबरको नोक्सान

धनगढी । कैलालीको धनगढीस्थित एक किराना पसलमा आगलागी हुँदा ५ लाख बराबरको क्षति भएको छ ।

बुधवार दिउँसो धनगढी उपमहानगरपालिका–२ कृष्णनगरमा साधुराम यादवले सञ्चालन गरेको ‘कविल किराना पसल’मा आगलागी भएको हो ।

आगलागीबाट ५ लाख बराबरको किराना सामान जलेर नष्ट भएको सञ्चालक यादवले बताए । विद्युत सर्ट भएर आगो लागेको अनुमान गरिएको छ ।

स्थानीयको सहयोगमा दुई घण्टापछि आगो नियन्त्रणमा आएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077